बंगालादेशी खेलाडी मुस्तफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्नबाट हटाएपछि बंगालदेशले टी-२० विश्वकपमा बंगालदेशको खेल भारतबाट सार्न माग गरेको छ।
आईपिएल फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले रहनमालाई टोलीबाट हटाएपछि उक्त विवाद सुरु भएको हो। बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले ले बंगालदेश क्रिकेट बोर्ड (बिसिबि)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई बंगालदेशको खेल भारतबाट श्रीलंकामा सार्न पत्र लेखन भनेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै खेलकुद सल्लाहकारले भने भारतीय क्रिकेट नियन्त्रण बोर्डले साम्प्रदायिक शक्तिहरूको अगाडि झुकेर मुस्ताफिजुर रहमानलाई हटाउने निर्णय पूर्णतया अस्वीकार्य छ भनेका छन्। साथै, उनले घटनाको कडा निन्दा गरे र यस विषयमा आफ्नो आक्रोश व्यक्त गरेका छन्।
विश्वकपको समूह ‘सी’ मा रहेको बंगालदेश र नेपाल एउटै समूहमा छ। टी-२० विश्जकप आगममी फ्रेबअरी ७ देखि भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दछन्।
