भक्तपुर–२ बाट महेश बस्नेतको नाम एकल सिफारिस

नेकपा (एमाले) का सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो।

नेता बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी झिनो मतले पराजित भएका थिए ।

यसअघि उम्मेदवारीको दाबेदारी गर्दै आएका नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठले नाम फिर्ता लिएपछि बस्नेतको एकल नाम तय भएको हो। उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गरेकोमा बस्नेतले दुवै नेतालाई धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय