रास्वपाको प्रचारमा हिँडेको गाडीबाट मदिरा र चामल बरामद

रास्वपाको झण्डा राखेर चुनावी प्रचारमा हिँडेको जीपबाट प्रहरीले मदिरा र चामल बरामद गरेको छ।

सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट ०२–००१ च ०४२९ नम्बरको जीपमा राखिएको २५ किलोका दुई बोरा चामल, गोली डायमण्ड लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल बरामद भएको हो। प्रहरीले सामानसहित चालक र जीपमा सवार एक जनालाई नियन्त्रणमा लिएको छ।

जीपका चालक सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय