चीनमा महिला क्रिकेटको क्रेज

क्रिकेट खेल्ने राष्ट्रहरूमा महिलाभन्दा पुरुष खेलाडी हाबी छन् । तर, चीनमा ठ्याक्कै उल्टो छ । यहाँ पुरुषको तुलनामा महिला क्रिकेटको क्रेज ह्वात्तै बढिरहेको छ । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले चीनमा महिला क्रिकेट हाबी भएको रिपोर्ट प्रस्तुत गरेका छन् । क्रिकेट रिसर्च नेटवर्क कार्यक्रममा अनुसन्धानकर्ताले प्रस्तुत गरेको डेटामा एसिया महादेशमा क्रिकेटको ख्याति बढिरहेको देखाइएको छ ।

चीनको सिआन जिआयो विश्वविद्यालयमा अनुसन्धान गरिरहेकी मेक्स हेनको अनुसन्धानपत्रमा चीन ओलम्पिक स्वर्ण पदकमा केन्द्रित रहँदा क्रिकेटमा पनि लगानी उल्लेख छ । ‘अहिले चीन ओलम्पिक खेलकुद प्रतियोगिता क्रिकेटबाट पनि स्वर्ण जित्ने उद्देश्यका साथ महिलामाथि लगानी गरिरहेको छ,’ हेनले भनेका छन्, ‘यसै कारण हुन सक्छ, चीनमा क्रिकेट क्रेज हामीले सोचेभन्दा धेरै पायौँ ।’

सन् १९८८ मा दक्षिण कोरियामा आयोजित ओलम्पिक खेलकुदमा चीनले केवल पाँच स्वर्ण मात्र जितेको थियो । त्यसवेला स्वर्ण संख्या उनीहरूको ऐतिहासिक प्रदर्शन भनियो । त्यसपछि चीनको खेल प्रशासन रणनीति परिवर्तन भयो । जहाँ खेलाडीलाई सानैदेखि स्वर्ण पदकका लागि तयार गरिएको अनुसन्धानकर्ता हेनले बताए । चीनले लन्डन, रियो, टोकियो तथा पेरिस ओलम्पिकमा गरी कुल एक सय ४३ स्वर्ण पदक जितेको थियो । आश्चर्यजनक रूपमा यो स्वर्ण पदक संख्यामा ६२.२ प्रतिशत स्वर्ण महिला खेलाडीले जितेका थिए ।

चीनको खेलकुद प्रशासनले ओलम्पिकमा महिलातर्फबाट स्वर्ण जित्ने रणनीति छ । त्यहाँ पुरुषको तुलनामा महिलालाई बढी प्राथमिकतामा राखिएको हेनको प्रतिवेदनमा भनिएको छ । विश्व क्रिकेटमा पुरुषतर्फ आफूहरूले उत्कृष्ट प्रदर्शन गर्न नसक्ने देख्दा चीनमा अधिकारीहरू महिलातर्फ लगानी गर्न उत्सुक भएका हुन् । ‘ओलम्पिक रणनीतिमा महिला क्रिकेट प्रमुख हो,’ हेनले भनेका छन्, ‘खेलकुदका प्रमुख अधिकारीहरूले महिला क्रिकेटलाई पहिलो प्राथमिकतामा राखेका छन् ।’ अहिले चिनियाँ महिला खेलाडीहरू टर्फ क्रिकेटमा प्रशिक्षण गरिरहेका छन् । जहाँ विश्वस्तरीय प्रशिक्षकलाई बोलाएर खेलाडीलाई प्रशिक्षण व्यवस्था चीनले गरेको छ । पाकिस्तानका पूर्वटेस्ट खेलाडी मोहमद रमजानलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय