एमाले संसदीय दलको नेतामा बादल र सुहाङको दाबी

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको दलको बैठकमा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयनका लागि छलफल भइरहेको एक सांसदले जानकारी दिए । सहमति नभएको निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने ती सांसदले बताए ।

‘दलको नेतामा रामबहादुर थापालाई प्रस्ताव गरिएको छ । तर सुहाङजीले जेनजी आन्दोलनको भावना, संसदमा युवाहरूको बाहुल्यता रहेको अवस्थामा आफूलाई दलको नेता बनाएमा राम्रो सन्देश जाने बताउनुभएको छ । सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन हुन्छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंग्याइन्छ’, रातोपाटीसँग एक सांसदले भने ।

ती सांसदका अनुसार अहिले सर्वसम्मत रूपमा नेता चयन गर्न छलफलमै रहेका छन् । फागुन २१ मा भएको निर्वाचनमा एमालेले २५ सिट जितेको थियो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय