
- प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिवेदन तयार पारेको छ।
- उक्त प्रतिवेदन आज दिउँसो ३ बजे सभामुखलाई बुझाउने कार्यक्रम छ।
- संसद्को कामकारबाही चुस्त बनाउन सो मस्यौदा तयार पारिएको हो।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको मस्यौदा प्रतिवेदन आज सभामुख डोलप्रसाद (डिपी) अर्याललाई बुझाइने भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिमा दिउँसो ३ बजे प्रतिवेदन बुझाउने तय भएको हो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको समितिले संसद्को कामकारबाहीलाई चुस्त बनाउन आवश्यक नियमावलीको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको थियो।
त्यही अनुसार समितिले तयार पारेको मस्यौदा आज सभामुख अर्याललाई बुझाउन लागेको हो।
