विश्वकप लिग–२ स् ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

समाचार सारांश
Auto Generated by AI
  • आईसीसी विश्वकप लिग–२ मा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।
  • ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्नेछ।
  • नेपालले आज टोलीमा ललित राजवंशीको स्थानमा गुलशन झालाई मौका दिएको छ।

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपालले ओमानको सामना गर्दैछ। त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ  रोजेपछि नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ।

नेपालले आज टीममा एक खेलाडी परिवर्तन गरेको छ। आज ललित राजवंशीलाई बेन्चमा राखिएको छ भने गुलशन झालाई मौका दिइएको छ। यसअघिको खेलमा नेपालले युएईलाई पराजित गरेको थियो भने ओमानले युएईसँग हार बेहोरेको थियो।

नेपाल आज ओमानलाई हराएर दोस्रो खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय