विश्वकप क्रिकेट लिग–टु श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दै

समाचार सारांश
Auto Generated by AI
  • विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपालले आज कीर्तिपुरमा ओमानसँग अन्तिम खेल खेल्दैछ।
  • यसअघि ओमानसँग पराजित भएको नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
  • दर्शकको चाप बढाउन क्यानले टिकट मूल्य घटाएर दुई सय रुपैयाँ कायम गरेको छ।

विश्वकप क्रिकेट लिग–टु एक दिवसीय श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।

घरेलु मैदानमा ओमान र युएईसँगको यो शृङ्खलाको आज अन्तिम खेल खेलेपछि नेपालले लिग–२ अङ्क तालिकाका शीर्ष दुई टोली अमेरिका र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले यसअघि शनिबार भएको खेलमा युएईलाई ३७ रन र शुक्रबार भएको खेलमा ६ रनले हराएको थियो ।

त्यस्तै बुधबार भएको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो । आठ टोली रहेको लिग–टुमा नेपाल २३ खेलमा १६ अङ्कसहित सातौँ, युएई २४ खेलमा १४ अङ्कसहित आठौँ र ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।

यसैबीच नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिवि मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु एक दिवसीय शृङ्खलाको टिकट मूल्य घटाएको छ । नेपाल, युएई र ओमान सहभागी शृङ्खला हेर्ने दर्शकको सङ्ख्या घटेपछि क्यानले टिकट मूल्य पनि आधाले घटाएको हो । क्यानले यो शृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीचको अन्तिम खेलको टिकट मूल्य २०० रुपैयाँ तोकेको छ ।

यसअघि ४०० रुपैयाँ थियो । यस्तै यही वैशाख २९ गतेदेखि शुरू हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृङ्खलाको टिकट मूल्य पनि २०० रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय