जरा अभियानले कांग्रेसलाई नयाँ ऊर्जा दिनेछ : महामन्त्री पौडेल

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसलाई नयाँ ऊर्जासहित पुनर्जागरण गर्न जरा अभियान सुरु गरिएको छ।
  • गठबन्धनको राजनीति अन्त्य गर्दै पार्टी आफ्नो सिद्धान्तमा अडिग रहने नीति लिइएको छ।
  • सदस्यता अद्यावधिक र डिजिटलाइजेसन गर्दै पार्टी एकतामा जोड दिइएको छ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताएका छन् । उनले अभियानले कुनै गुट र सिमित ब्यक्तिहरुलाई केन्द्रित नबनाएबको बताएका छ्न् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले नेपाली कांग्रेसले गठबन्धनको राजनितिलाई कांग्रेसले अन्त्य गरेको र सबै निर्वाचन क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवारहरु उठाउन सफल भएको बताए ।

‘चुनाव जित्नकै लागि गठबन्धन गरेर बिचार र सिद्वान्तलाई छोडेर जाने कार्यको अन्त्य भएको छ’ उनले भने, ‘सत्तामा जानकै लागि जोफसंग पनि गठबन्धन हुँदैन । आफ्नो सिद्वान्त बोकेर जनतासंग जान चाहन्छ ।’

कांग्रेसका क्रियाशील सदस्यहरुले अभिलेख व्यवस्थित गर्न र सदस्यता इतिहास सुरक्षित गर्न सदस्यता अध्यावधिक थालिएको उनले बताए । सदस्यताका बिषययमा आएका विभिन्न टिप्पणीहरुको खण्डन गर्दै उनले सदस्यहरुबीच भावनात्मक निकटताका लागि पनि आवश्यक भएको उनको भनाइ छ ।

विगतमा के भयो भन्ने भुल्दै सिंगो पार्टी एकता अहिलेको आवश्यकता भएको भन्दै उनले पार्टी एकताका लागि प्रयास भई रहेको उनले बताए । प्रतिष्पर्धाको राजनितिमा सदस्यता डिजिटलाइजेसन पनि जरुरी भएको उनको भनाई छ ।

कांग्रेसको प्रदेश स्तरीय भेलामा सभापति गगन कुमार थापा, उपसभापति बिश्वपणरकाश पौडेललगायतका नेताहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय