एमालेको सचिवालय बैठक आज : नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

समाचार सारांश
Auto Generated by AI
  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष निवास बालकोटमा बस्दैछ।
  • बैठकमा नेताहरूको कार्यविभाजन गरी केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मेवारी दिने मुख्य एजेण्डा छ।
  • सरकारका पछिल्ला काम कारबाही र सुकुम्बासी व्यवस्थापनका विषयमा पनि बैठकमा छलफल हुनेछ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दैछ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए।

जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो। ११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ।

हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ। यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँटको तयारी छ।

आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले जानकारी दिए।

आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय