षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन् : विश्वप्रकाश शर्मा

समाचार सारांश
Auto Generated by AI
  • कांग्रेस नेता विश्वप्रकाश शर्माले ईनम सापकोटाको उजुरीबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
  • उनले गगन थापाविरुद्ध बयान दिए छोड्ने र नदिए फसाइदिने भनिएको दाबीमाथि स्पष्ट पार्न आग्रह गरेका छन्।
  • शर्माले यस प्रकरणको निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाउँदै उनले कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने र नदिए फसाइदिने भनी उजुरीमा आएको दाबीबारे स्पष्ट पार्न आग्रह गरेका हुन्।

मानवअधिकार आयोगमा दिइएको उक्त उजुरी झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधका योजना बनिरहेका छन् भन्ने प्रश्न शर्माले तेर्स्याएका छन्। पारदर्शितालाई लोकतन्त्रको आधारभूत खम्बा उल्लेख गर्दै उनले ईनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा नहेरी यससँग जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने नागरिकको हक सुरक्षित हुनुपर्ने बताएका छन्।

षड्यन्त्रका तह क्रमशः खुल्दै गएको दाबी गर्दै शर्माले अब पर्दा पूरै च्यातिनुपर्ने धारणा राखेका छन्। प्रकरणको वास्तविकता जे भए पनि त्यसमाथि निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापालगायत शीर्ष नेता, व्यवसायी र पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै शारीरिक तथा मानसिक यातना दिइएको दाबीसहित इनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । आफू र आफ्नो परिवारको जीवन रक्षाको माग गर्दै सापकोटाले आफ्नी श्रीमती कविता पाण्डे (सापकोटा) मार्फत आयोगमा उजुरी दिएका हुन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: