जेलमुक्त भएपछि गृहजिल्ला पुगे टोपबहादुर रायमाझी

'कारागारमा ७० प्रतिशत निर्दोष व्यक्ती बसेका छन्'

समाचार सारांश
Auto Generated by AI
  • जेलमुक्त भएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी पहिलोपटक आफ्नो गृहजिल्ला अर्घाखाँची आइपुग्नुभएको छ।
  • स्वागत कार्यक्रममा बोल्दै उहाँले कारागारमा धेरै मानिस निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्नुभयो।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय भोगेर रिहा हुनुभएका रायमाझीको जिल्ला आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

लक्ष्मण घिमिरे ।
अर्घाखाँची, मंसिर १२ । पूर्वउपप्रधानमन्त्री तथा अर्घाखाँचीबाट चार पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्व सांसद टोपबहादुर रायमाझी जेलमुक्त भएपछि पहिलोपटक गृहजिल्ला अर्घाखाँची आइपुगेका छन् ।

जिल्लामा आएका रायमाझीलाई विभिन्न स्थानमा स्वागत गरिएको छ। अर्घखाँची-कपिलवस्तुको सिमाना पत्थरकोट, शितगंगाको ठाडा, सुपादेउराली परिसरमा उनलाई स्वागत गर्नेको लर्को नै लागेको थियो । यस्तै नेकपा एमाले अर्घखाँचीले पार्टी कार्यालयमा भव्य स्वागत गरेको छ । जिल्ला अध्यक्ष पीताम्बर भुसालसहित नेता कार्यकर्ताले उनलाई स्वागत गरेका हुन् ।

सन्धिखर्क नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्यलगायत जनप्रतिनिधिहरूले रायमाझीलाई स्वागत गरेका छन् । विभिन्न स्थानमा भएका स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले कारागारमा रहेका ७० प्रतिशत व्यक्ती निर्दोष भएको बताए । केही रंगे हात फेला परेकाबाहेक अधिकांश व्यक्तीहरु निर्दोष व्यक्तीहरु जेल जिवन बिताउन बाध्य हरेको उनले बताए । ‘हामिले कानुन नै त्यस्तै बनाएछौं, उनले भने,‘कारागारमा ७० प्रतिशत निर्दोष कैदीबन्दी छन् ।’ आफुलाई फसाईएको दावी गर्दै समयक्रमसंगै सबै खुल्दै जाने उनको भनाई छ ।

रायमाझीले देश र जनताको पक्षमा काम गर्न तेरो र मेरो पार्टी भन्न जरुरी नभएको बताए । नयाँ पुराना जसले गरेपनी देशको विकास हुनुपर्ने उनको भनाई छ । तर, नयाँ दलको पनि लक्षण राम्रो नदेखिएको उनले दावी गरे । स्वागतका क्रममा जनप्रतिनिधिहरूले रायमाझीले अर्घाखाँची जिल्लाको विकास निर्माणमा पुर्‍याउनुभएको योगदानको चर्चा गरेका थिए। उनि चार पटक सांसद निर्वाचित हुँदा जिल्लाका गाउँगाउँ तथा टोलटोलमा सडक सञ्जाल विस्तार गर्नेदेखि अर्घा भगवती विमानस्थल, सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्डलगायतका महत्वपूर्ण विकास आयोजनाहरू अघि बढाउन भूमिका खेलेको उनीहरूको भनाइ थियो।

उनले अर्घा भगवती मन्दिरको दर्शन गर्नुका साथै विभिन्न नेता कार्यकर्ताको स्वागत समारोहलाई सम्बोधन गरिरहेका छन् ।

अर्घाखाँचीको विकास र पूर्वाधार निर्माणमा लामो समयदेखि राजनीतिक नेतृत्वदायी भूमिका निर्वाह गरेका रायमाझीलाई जिल्लाका विकासप्रेमी नेताका रूपमा समेत लिने गरिएको छ। नेकपा एमालेका निलम्बित सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएपछि कैद सजाय भुक्तान गरिरहेका थिए।

काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाउने सुविधा प्राप्त गरेका रायमाझीलाई गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा गरिएको थियो। उनि करिब साढे तीन वर्ष कारागार बसेका थिए ।

लामो समयदेखी अर्घाखाँची जिल्लासंगै राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित रायमाझीको आगमनलाई जिल्लामा राजनीतिक तथा सामाजिक चाँसोका साथ हेरिएको छ। स्थानीय निर्वाचन नजिकिएका बेला टोपबहादुरको जिल्ला प्रवेशलाई अर्थपुर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: