अर्घाखाँचीमा १ सय १२ जना सक्रिय संक्रमित

  
अर्घाखाँचीमा १ सय १२ जना सक्रिय संक्रमित

अर्घाखाँची । अर्घाखाँचीमा हाल १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

सन्धिखर्कका ९५ जना, शितगंगाका १०, पाणिनी गाउँपालिकाका ५, भुमिकास्थान र मालारानीका १–१ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

हालसम्म पाँच सय २४ जनामा संक्रमण पुष्टी भएकोमा ४ सय ७ जना निको भईसकेका छन् । आजसम्म पाँच जनाको कोरोनाका कारण ज्यान गईसकेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

अर्घाखाँचीका पाँच स्थानियतहमा सक्रिय संक्रमित रहेका छन् । जिल्लाको छत्रदेव गाउँपालिका बाहेकका पाँच स्थानियतहमा संक्रमित रहेका प्रशासनले जानकारी दिएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय