शिवराज नगरपालिकाको १ नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

  
शिवराज नगरपालिकाको १ नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा


कमल बिष्ट


कपिलवस्तु , ३१ चैत। शिवराज नगरपालिकाको १ नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भएको छ, वडा भित्रका लक्षित उमेर समुहका सत् प्रतिशत बालबालिकाले खोप लगाउन सफल भएपछि शिवपुर स्वास्थ्य चौकीमा आयोजित एक औपचारिक कार्यक्रममा नगरपालिकाले पूर्ण खोपयुक्त वडा घोषणाको प्रमाणपत्र प्रदान गरेको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपाना वडा घोषणा घोषणामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसीले शिवपुर स्वास्थ्य चौकीको सक्रियता र वडा बासीको सचेतनाले पूर्ण खोपको अवस्थामा वडा पुगेकोमा बधाई दिनुभयो ।

नगरप्रमुख नेत्रराज अधिकारीले आजको दिनमा वडा भित्रका सबै बालबालिका खोपको पहुचमा रहेपनि यसको दिगो पनाका लागि निरन्तर लागिरहनुपर्नेमा सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो, उहाले राज्यले प्रदान गर्ने स्वास्थ्य क्षेत्रका खोप लगायत विभिन्न अभियानमा महिला स्वास्थ्य स्वमसेबिकाले निभाएको भूमिकाको नगरपालिकाले उच्च प्रसंशा गरेको बताउनुभयो ।

त्यस्तै नगर स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईले यसरी पूर्ण खोप र दीगोपना वडाको औपचारिक घोषणा गर्नेमा १ नम्बर वडा पहिलो वडा रहेको बताउनुभयो ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईको स्वागतसंचालन सन्चारकर्मी माधव वेल्वासेको संचालनमा सम्पन्न कार्यक्रममा शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पत्रकारहरु लाई सम्मान, एक कर्मचारी लाई विदाइ साथै महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई सम्मानका साथमा एक एक थान बायो फिल्टर प्रदान गरिएको थियो ।


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय