थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण

  
थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ, १ वैशाख ।पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २८९ पीसिआर परीक्षणबाट ५८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २५४ जना रहेका छन् । तमिध्ये काठमाडौँका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जन रहेका छन् । उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ४४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ४५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तीन सङ्क्रमितको मृत्यु पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय