नेकपा (एमाले) शितगङ्गा नगर कमिटीको बैठक सम्पन्न

  
नेकपा (एमाले) शितगङ्गा नगर कमिटीको बैठक सम्पन्न

अर्घाखाँची झनक केसि/ भदौ ३० नेकपा (एमाले )शितगङ्गा नगर कमिटीको बैठक नगर कमिटी अध्यक्ष क.वसन्त श्रेष्ठको अध्यक्षता,पार्टी लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य क.रामजीप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र जिल्ला कमिटी उपसचिव प्रेमरायण गैरे,२ नम्बर क्षेत्रीय अध्यक्ष क.काशीराम आचार्य,नगर इन्चार्ज क.ओपि पाण्डे,जिल्ला कमिटी सदस्यहरु क. धन बहादुर राना,क.ऋषि रेस्मी,क.गिता भाट,क.तिलक भाट,समेतका नेताहरूको आतिथ्यता र नगर सचीव ऋषि घिमिरेको संचालनमा सामुदायिक भवन ठाडा दहमा कार्यक्रम सम्पन्न भएको छ।

No description available.

कार्यक्रममा १४ ओटै वाड्का पार्टी प्रतिनिधिले आफ्नो वाड्का रिपोर्टिङ गर्दै हामिले संगठनलाई अझै मजबुत बनाउनु पर्छ भन्दै आग्रह समेत गरेका थिए। कार्यक्रममा विभिन्न घटकका नेतृत्व पङ्तिले आफुले चाहेको बिचार राख्दै अब हाम्रो टिम बलियो बनाउने आधार बनाएर अगाडि बढने भन्दै नेताहरुलाई अंगिकार गरेका थिए ।

कार्यक्रममा बोल्दै गैरेले अब हाम्रो पार्टी नेकपा एमाले अझ बलियो भएर जाने छ। अबका हाम्रा योजना केके गर्ने नया ढंगले अगाडी बढदै छ। बदलिदो समाजमा गाउँ गाउमै पुगेर स्कुलिङ्ग गर्ने पहिला भन्दा गुणात्मक ढङ्गले अघि बडने सबैलाई युवालाई कामको जिम्मा सहित पार्टि बलियो बनाउनेमा लागौ भन्दै सम्बोधन गरेका थिए।

No description available.

तेस्तै कार्यक्रममा बोल्दै घिमिरेले केपि ओलिको ताकत वाड वाडमा सहि रुपमा परिचालन भयो भने हामिलाई पराजित गर्ने शक्ति कुनै हुन सक्दैन। बिकाशको एजेन्डा नभएको पार्टी नेपाली काङ्ग्रेस भएको दाबी समेत गरेका थिए । त्यस कारण हामी आफै बलियो बन्दै गएका छौ।

तेस्तै श्रेष्ठले हामिले तल्लो फेट ८/९/१०/६ वाडहरु केही कार्यक्रमको बिचमा सक्काएका छौ अन्य वाडहरु छिटै भेटघाटमा आउने छौ। अब चुइटिएर जाने गै सके अब हामी एक ढिक्का भएर पार्टीलाई बलियो बनाएर लैजाने प्रतिबद्धता गरेका छन । अबको कार्यक्रम असोज २ गते वाड कमिटि अनिबार्य गठन गरिसक्नु पर्ने नगर कमिटिले निर्देशन समेत दिएका थिए।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय