काठमाडौं । नेपालको राष्ट्रिय टेलिभिजन च्यानल एपिवानको युट्युव च्यानल ह्याक भएको छ । आइतबारदेखि युट्युव च्यानल ह्याक भएको टेलिभिजनका समाचार सम्पादक टिकाराम यात्रीले जानकारी दिएका छन् ।
च्यानलमा अन्तिम भिडिओ शनिबार साझँ ७ बजे अपलोड गरिएको छ । त्यसपछि भने कुनै भिडिओ अपलोड भएका छैन ।
यसबाहेक अन्य थप गतिविधि भने परिवर्तन नभएको उनले बताएका छन् । रिप्पल एक्सआरपी एक क्रिप्टोकरेन्सीको नाम हो ।‘दुई दिनदेखि हाम्रो युट्युव च्यानल ह्याक भएको छ । हामीले गुगल र युट्युव दुवै तर्फबाट रिपोर्ट गरेर च्यानल रिकभर गर्ने प्रयास गरिरहेका छौं,’ यात्रीले भने ।
एपीवानको युट्युव च्यानलमा सात लाख ४३ हजार सब्सक्राइबर छन् । ह्याक कसले गर्यो र किन गर्यो भन्ने विषयमा भने अहिले नै केही जानकारी आइसकेको छैन ।
प्रतिकृया दिनुहोस