स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

  
स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–०  गोल अन्तरले पराजित गरेको हो ।

खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै, गएराति नै भएको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले  पराजित गरेको छ ।

१० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो ।  खेलको आठौँ मिनेटमा यानिक कारास्कोले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि एट्लेटिको मड्रिडले त्यसलाई कायम राख्न सकेन ।

खेलको १०औँ मिनेटमा नै बार्सिलोनाका जोर्डी अल्बाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको २१औँ मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोना २–१ ले अघि रह्यो । यस्तै, ४३ औँ मिनेटमा बार्सिलोनाका रोनाल्डो अरुजोले गोल गरे भने ४९ औँ मिनेटमा डानी अल्भेसले गोल गर्दै बार्सिलोनालाई ४–१ को अग्रता दिलाए ।

खेलको ६९औँ मिनेटमा अल्भेसले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । एट्लेटिको मड्रिडका लुइस सुआरेजले खेलको ५८औँ मिनेटमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । जितसँगै २२ खेलमा ३८ अङ्क जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको मड्रिड ३६ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय