तुलसीपुरमा भएकाे आगलागीमा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्याे

  
तुलसीपुरमा भएकाे आगलागीमा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्याे

दाङ । तुलसीपुर उपमहानगरपालिका– ५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएको आगलागीमा परि ज्यान गुमाउने पाँच जनाकै पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।

ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका–५ का नजरदिन अली, उहाँकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अली अन्दाजी ४०/४२ वर्षीय, उहाँकी छोरी साजिता १३/१४ वर्षीया र छोरा आविदिन ५/६ वर्षको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगोमा परेर त्यही पसलमा काम गर्ने अन्दाजी १४/१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसको ज्यान गएको छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय