महिला लघुवित्तको साधारण सेयर बाँडफाँड शुक्रबार हुने

  
महिला लघुवित्तको साधारण सेयर बाँडफाँड शुक्रबार हुने

सिमान्त मरासिनी

काठमाडौं ।  फागुन १२,महिला लघुवित्त वित्तीय संस्थाको आईपी आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । 

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका छुट्टिएको थियो भने, बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढि माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग ले जनाएको छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय