राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग

  
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग

काठमाण्डौ । धेरे समयदेखी खाली रहेको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको छ । उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।

क्यानले महाप्रवन्धक, बित्त प्रवन्धक र क्रिकेट व्यवस्थापकका लागि पहिलो पटक दरखास्त आह्वान गरेको हो। गत वर्ष क्यानको निर्वाचन भएर आइसिसीबाट निलम्बन फुकुवा भएपछि क्यानको व्यवस्थापनका लागि विभिन्न पदमा पदपूर्ति गरिने बताइएको थियो। तर एक वर्षपछि क्यानले पदपूर्ति गर्न लागेको हो।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय