बलकोट अर्घाखाँची युएई समाजद्घारा वल्ड क्यानसर पिडित भट्टराईको उपचारार्थ संकलित रु २ लाख ८४ हजार २ सय ७२ रुपैयाको चेक हस्तांतरण

  
बलकोट अर्घाखाँची युएई समाजद्घारा वल्ड क्यानसर पिडित भट्टराईको उपचारार्थ संकलित रु २ लाख ८४ हजार २ सय ७२ रुपैयाको चेक हस्तांतरण

डिआरजी सुमन


काठमाडौं, ६ वैशाख । बल्कोट अर्घाखाँची सम्पर्क समाज युएईको पहलमा समाजका सदस्य पदाधिकारी तथा समाजसेवीहरुले छत्रदेव ३ निवासी चार बर्षिय ब्लड क्यान्सर पिडित बालिका स्नेहा भट्टराईको उपचारार्थ संकलित रक़म हस्तांतरण भएको छ ।

चार वर्षीय स्नेहा भट्टराई बचाउका लागि संकलन भएको रु २ लाख ८४ हजार २ सय ७२ रुपैया काठमांडौ स्थित एक होटलमा औपचारिक कार्यक्रम विच बल्कोट सम्पर्क समाज युएईका सचिव अमित पाण्डेय ९प्रकाश०,समाजसेवी सिता भट्टाराई र अर्घाखाँची डटकम् व्युरो प्रमुख डिआरजी सुमन मार्फत पिडित बालिका र आमाको हातमा चेक हस्तान्तरण भएको छ।

वलकोट निवासी ४ बर्षिय स्नेहालाई ब्लड क्यान्सर भएको हुदा हाल कान्ति वाल अस्पतालमा उपचार भई रहेको छ । परिबारको आर्थिक स्थिति कमज़ोर रहेको पुस्टीगर्दै छत्रदेव ३ वडा कार्यालय ले दिएको सिफ़ारिशको आधारमा सहयोगको अपील गरिएको अभियंता सिता भट्टराई ले वताउनु भयो । समाजका सचिव अमित पाण्डेले मानवीय सेवामा समर्पित हुदै आफ्नो खाजा खर्च कटाएर सहयोग संकलन गरिएको वताउदै यसको दुरुपयोग नगर्न आग्रह गर्नु भएको छ ।


पिडित बालिकाको आर्थिक अबस्था अत्यन्तै नाजुक तथा परिबारको अबस्था दयानिय रहेकोले अवस्थामा यसरी समाजले खेलेको भूमिका सम्मानित रहेको स्वतन्त्र पत्रकार डिआरजी सुमन ले मन्तव्यमा वताउनु भएको छ ।

पत्रकार दीपक भूसाल को संचालन, समाजका सचिव अमित पाण्डेय को अध्यक्षता,सिता भट्टराई को प्रमुख आथित्यता, अर्घाखाँची डटकम् समाचार सम्पादक परराष्ट्र मामिला तथा व्युरो प्रमुख डिआरजी सुमन को विशिष्ट आथित्यता, समाजसेवी, भेषना टन्डन, सचिन पाण्डेय,सिवदेव पाण्डेय लगायतको आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

 

( तस्वीर दीपक भूसाल काठमाण्डौ )


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय