मन्त्री आचार्यको पहलमा ११ थान अक्सिजन सिलिन्डर रिफिल

  
मन्त्री आचार्यको पहलमा ११ थान अक्सिजन सिलिन्डर रिफिल

काठमाडौं  २ जेठ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री  चेतनारायण आचार्यको  पहलमा गुल्मीका बालकृष्ण भुसालले  अर्घाखाँची अस्पतालका  अक्सिजन सिलिन्डर रिफिल गरिदिएका छन् । भुसालले ११ थान अक्सिजन रिफिल गरिदिएको मन्त्री आचार्यका स्वकीय सचिव  प्रदिप नेपालीले जानकारी दिए ।

मन्त्री आचार्यले  लुम्बिनी ग्यास उघोगसँग समन्वय गरि अक्सिजन भोर्ने काममा निरन्तर लागि परिरहेको भन्दै  जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन नदिने बताए । रिफिल गरिएका अक्सिजन अस्पताल पुर्याइसकिएको छ ।  केहि थान  अक्सिजन रिफिल गर्न उद्योगमा पठाइएको र निरन्तर फलोअप गरिएको आचार्यको सचिवालयले जनाएको छ  ।

कोभिड नियन्त्रणका लागि प्रदेश सरकारले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई १५ लाख रूपैयाँ विनियोजन गरेको छ । मन्त्री आचार्यले कोभिड नियन्त्रणमा सहयोग गर्न सबै पक्षसँग आव्हान गर्नु भएको छ ।

May be an image of 5 people

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय