गुल्मी अस्पतालमा ५ बेडको आईसीयू सञ्चालन गर्न थप दुई करोड निकासा

  
गुल्मी अस्पतालमा ५ बेडको आईसीयू सञ्चालन गर्न थप दुई करोड निकासा

काठमाडौं,जेठ ५ । अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष स्थापना गर्न थप दुई करोड निकासा गरेको छ ।

मन्त्रीस्तरको निर्णय अनुसार गुल्मी अस्पताललाई थप दुई करोड निकासा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

यसअघि आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्न सोमवार मात्र एक करोड रुपैया निकासा भएको थियो । 

परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो । 

हेर्नुहोस्, सहमति पत्र :

स्वास्थ्य मन्त्रालयको सिफारिशमा अर्थले एक करोड यसअघि नै निकासा गरिसकेको छ भने दुई करोड थपिएपछि आईसीयू बेड स्थापनको कामले गति लिने अपेक्षा गरिएको छ । 

तमघास अस्पतालमा आईसीयू कक्ष नहुँदा गुल्मीका सिकिस्त बिरामीलाई पाल्पाको तानसेन, रुपन्देहीको बुटवल र काठमाडौंसम्म रिफर गर्ने गरिएको छ । 

कोभिड महामारीका कारण गुल्मीमा ९ सयभन्दा बढी संक्रमित रहेको र दैनिक ६० देखि ७० जना संक्रमित थपिने गरेको भन्दै जिल्ला अस्पताल गुल्मीले आर्थिक सहयोगका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएको थियो । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय