“कोरोना मुक्तिको बाटोमा.....”

धेरैको लागि व्यापारको बाटो बन्यो र गरिबको लागि भोकमरी, बेरोजगारी र मृत्यु

  
“कोरोना मुक्तिको बाटोमा.....”

कृष्णप्रसाद आचार्य

कोरोना कोरोना कोरोना । अब त लाग्न थाल्यो यो शब्दले सबैभित्र ठूलो जरा गाडेको छ । सबलाई ठूलो भय दिएको छ। ओहो ! जताततै कोरोना पूर्व कोरोना पश्चिम् कोरोना, उत्तर कोरोना अनि दक्षिण कोरोना । चार दिशा होस या जमिन आकाश सबै कोरोनाको ति क्षण जालमा जेलिएको छ।

शुरुमा त निकै नै डर देखायो। ओहो केही छुँदा लाग्ने कतै छुँदा लाग्ने। स्टिल, फलाम, कपडा, पैसा, फर्निचर आदि जे मा पनि किटाणु रहन सक्ने र लाग्ने चिन्ता । साईकोलोजी नै कोरोना हुन पुग्यो । मानसिक तनाब छ्याप्पै मनसपटलमा छाइरहृयो । कहिं कतै कसैलाई भेटे सर्ला व सार्ला कि भन्ने डर। कसैको नजिक जान डर। कसैलाई घरमा निमन्त्रण गर्न डर। कसैको निमन्त्रणामा जान डर। घुम्नदेखि बाहिर बजार गर्न डर, सबैतिर डर नै डर देख्दा र हेर्दा आफैँ संक्रमणमा परियो कि भनी सधैँ मानसिक तनाबमा भइयो।

आफू र आफ्नो घरपरिवारलाई कसरी सुरक्षित राख्नेमा ध्यान ज्याँदा केन्द्रित भयो । जसोतसो पैसा जुटाएर घर बाहिर ननिसिकिने निधो गर्दै अग्रिम दुई महिनालाई रासन पनि स्टकमा राखियो । डिसम्बरमा कोरोना चाईनामा थियो फेब्रुअरीमा नेपाल छिरेर देशभरिका सबै स्थानलाई सजग रहन चुनौती दियो । मेरो घर त बिर्तामोड, झापा यहाँ के आईपुग्ला भन्दा भन्दै पनि कोरोनाले मार्चमा पाईला टेक्ने जनाउ घण्टी दियो।
सजग र सचेत धेरै हुँदाहुँदै एक किसिमले सबै विश्वनै सकिन लागे जस्तो भान भयो। अनलाईन मिडिया, टिभी, पत्रपत्रिका, रेडियो आदि सबैमा दैनिक संक्रमण र मर्नेको संख्या हेरिरहँदा आफैँ पनि संक्रमित सरह भए झैँ लाग्यो। म भौतिक जगतमा सबैबाट टाढा थिएँ तर पनि मनमा एउटा भय उत्पन्न भइरहयो। सबै अन्धकार देखेँ, र आफूलाई दलदलमा फसे झैँ पाईरहें। लकडाउन सधैँ हुने भए मात्र हामी सबै बच्ने र संसार रहने कालो ज्ञान म मा उत्पन्न हुँदै गयो ।

दिन बित्यो समय बित्यो महिना बिते। लकडाउन झन झन बढदै गयो। नेपाल सरकारले कछुवा गतिमा पिसिआर कीट र स्वास्थ हब बनाउन शुरु गर्यो । कोरोना मैत्री अस्पताल, क्वारेन्टाइन, वैदेशिक रोजगारिमा रहेकारफसेका नेपालीको उद्धार सुस्त गतिमा हुन गयो। नेपालमा धेरै भोकमारी, गरिबी, र मानसिक तनाबले आत्महत्या गर्नेको संख्या बढ्दै गयो। साबुन पानीले हात धुन र मास्क लगाउन त प्रेरित गर्यो सरकारले तर सुविधा सम्पन्न अस्पताल निर्माण, भेन्टिलेटर आयात र ईन्स्टलेटन, पिसिआर टेस्ट वृद्धि, बोर्डर कडाई चेकजाँच, आदि फितलो हुँदा प्रभाबकारी स्वास्थ प्याकेज ल्याउन सकेन।

सामान खरिदमा भ्रष्टाचार, मन्त्रालय बाँडफाँड, भौतिक सुविधा र भत्तामा प्रोत्साहन, सवारी साधन खरिद आदिमा अर्बौं रकम झ्वाम पारेको सरकारले वैमनस्यता बढाउँदै लग्यो। जनताप्रति उत्तरदायी नदेख्दा र जनस्वास्थ्य ख्याल नगर्दा विस्तारै वितृष्णा बढ्न थाल्यो सरकारप्रति। प्रधानमन्त्रीको उखान टुक्कले जग हँसाउने काम गर्यो त कहिले बेसारपानी खान प्रेरित गर्यो। विस्तारै बुझ्न पाएँ बेसार पानी जनतालाई ख्वाएर सरकारले त विदेशी सहयोग, अर्बौंको भ्रष्टाचार, अनियमितता र अपारदर्शीताको दरो जरा गाढेको रहेछ।

यी सब देखेर म जस्तै लाखौँ जनता आजित भएका छन्। अब त गर्लान भनी पालो पर्खियो अझ पछि धकेलिने, हेर्दा हेर्दै आवाज सामाजिक संजालमा बढ्न थाल्यो। विस्तारै कोरोना त खाने भाँडो रहेछ भन्ने सबैलाई ज्ञात हुन थाल्यो। उफ कोरोनाको नाममा नाङ्गो नाँच नाच्न मिक्ने रहेछ भ्रष्टाचारीलाई। उनिहरु त अझ खुलेआम धेरै कुम्लो कस्ने दाउमा रहेछन्। विश्व स्वास्थ सङ्गठन संगपनि यसको यकिन उपाय छैन। अहिले अगस्ट अन्त्यसम्म पनि खोप बनिसकेको छैन। सबै बनेका वा समाचारमा आएका परीक्षण कालमै छन्। आखिर विश्व तथ्यांक हेर्दापनी कोरोना भन्दा दैनिक अन्य दिर्घरोगले मर्नेको संख्या ज्यादा छ। दैनिक सामान्री ज्वरोले पनि मर्ने असंख्य छन्। तर यी सबै आम समाचारले देखाउँदैन। अहिले दैनिक एउटै प्रकृतिको समाचार मात्र प्रेषित हुन्छ।

कोरोनाले गर्दा यतिमा आजको संक्रमण
कोरोनाका कारण आज यतिको मृत्युु
कोरोनाको संक्रमण संख्या देशभर यति पुग्यो

यस्ता समाचार सुन्दा सुन्दा वाक्क दिक्क लागेर आयो। अब यसैले मलाई प्रोत्साहन दिन थाल्यो कोरोना एक सामान्य रोग हो भनी। कोरोना लागेमा भाईरल इन्फ्लुएन्जा भएको सम्झि घरेलु उपचार गर्ने, आत्मवल बढाउने, परिवारलाई बचाउने र दैनिक क्रियाकलापमा फर्कने। विश्वमा भएको तथ्यांक हेर्दा कोरोना लागेको मध्ये ९५५ लाई सामान्य लक्षण देखिने र निको हुने, ५५ लाई गम्भीर केस हुन सक्छ। ती ५५ बाट दिर्घरोगी गरि १५ को मात्र मृत्यु हुने देखिन्छ। त्यसैले यो रोग भयाभव छ भन्ने सोच्न छाडिदिए हुन्छ।

अर्को पाटो बाट हेर्दा कोरोना लागिहाले कुनै औषधि बनेको छैन, भ्याक्सिन (खोप) बनिसकेको छैन, संक्रमितबाट पनि सबैमा संक्रमण सरेको (फैलिएको) छैन। यसको विधिवत प्रारम्भिक औषधि घरेलु उपचार मात्र रहेको देखिन्छ। त्यसरिनै आईसोलेसनमा बसेको ले कोरोना न सर्ने भन्ने छैन, क्वारेन्टाइनको अर्थ रोकथाम गर्नुबाहेक केहि छैन। विदेशबाट आउने सबै संक्रमित हुँदैनन र सबैको रिपोर्ट पोजिटिभ आउँछ भन्ने पनि छैन। नेपालमा मात्र हेर्ने हो भने करिब १९००० बढी निको भैसके र स्वस्थ रुपमा घर फर्किए।

त्यसैले सकारात्मक पाटो केलाएर अब यो लकडाउनको विरुद्ध लकडाउन गर्न जरुरी छ। सुरक्षा अपनाएर व्यापार व्यवसाय संचालन गर्ने, मास्क तथा सेनिटाईजरको प्रयोग गर्ने, आवश्यक दुरी कायम गर्ने, भिडभाडमा नजाने आदि आफैँ सजग र सचेत भै यो कोरोना जस्तो महामारीबाट शारिरिक र मानसिक तनाबको मुक्ति पाउन जरुरी छ।

कोरोना कुनै ठूलो बिमारी होइन यो त केवल एक मानसिक डर हो। एउटा मेडिकल लाईनको ठूलो भ्रम जसले विश्व नै उथलपुथल गराईदियो। कोरोना धेरैको लागि व्यापारको बाटो बन्यो र गरिबको लागि भोकमारी, बेरोजगारी र मृत्युको कारण, नेताका लागि भ्रष्टाचारको कारक।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय