छतबाट खस्दा १३ वर्षीया बालिकाको मृत्यु

  
छतबाट खस्दा १३ वर्षीया बालिकाको मृत्यु

झापा । झापामा घरको छतबाट झर्दा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

बिहीबार राति १० बजे बिर्तामोड नगरपालिका-५ स्थित घरको छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो। उनी राति खाना खाएर घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भीर घाइते भएकी थिइन्।

गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको झापा प्रहरी कार्यालयले जनाएको छ।  मृतक कृतिका ५ दिन अघि काठमाडौंबाट मावली घरमा गएकी थिइन्।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय