भारतमा एकैदिन लगभग ८७ हजार संक्रमित, विश्वभर तिन करोड १२ लाख ७४ हजार ९ सय १४ कोरोना संक्रमण

  
भारतमा एकैदिन लगभग ८७ हजार संक्रमित, विश्वभर तिन करोड १२ लाख ७४ हजार ९ सय १४ कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ । भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

यसैबिच विश्वभर कोरोना संक्रमितको संख्या तिन करोड १२ लाख नाघेको छ ।  विश्वभर तिन करोड १२ लाख ७४ हजार ९ सय १४ कोरोना संक्रमित रहेका छन् । २ करोड २८ लाख ५१ हजार भन्दा धरैले यो रोगलाई जितेर घर फर्किएका छन् । यस्तै ९ लाख ६५ हजार ६ सय ३५ जनाले ज्यान गुमाईसकेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय