भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

  
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।

गएको २४ घण्टामा एक हजार ७१ जनाको ज्यान गएसँगै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ । यस्तै २४ घण्टामा झण्डै ८० हजारको रिपोर्ट पोजेटिभ आएसँगै भारतमा सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा ५४ लाख २५ हजार निको भएका छन् ।

कोरोना सङ्क्रमण निको हुनेमा भारत विश्वमै सबैभन्दा अगाडि रहेको हो । यसले निकै राहत दिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय