साउदी अरेबियामा मुस्लिमहरुको धार्मिकस्थल मक्का खुल्ला

  
साउदी अरेबियामा मुस्लिमहरुको धार्मिकस्थल मक्का खुल्ला

एजेन्सी । साउदी अरेबियामा ७ महिनापछि मुस्लिमहरुको धार्मिकस्थल मक्का खुल्ला भएको छ ।

हिंजो त्यहाँको सरकारले मक्का खोल्ने निर्णय गरेको हो । धार्मिक स्थल खोल्ने निर्णय गरिएपनि त्यहाँ उपस्थित हुँदा भने सावधानीहरु अपनाउन विशेष ध्यान दिनुपर्ने नियम बनाइएको छ । तीन चरणमा खोल्ने गरि तयारी गरिएको मक्कामा पहिलो चरणमा ६ हजार जना साउदीका सर्वसाधारणहरुलाई जान अनुमित दिइएको छ ।

दोश्रो चरण अक्टोबर १८ देखि सुरु हुने जनाइएको छ । दोश्रो चरणमा ४० हजार जनालाई मक्का प्रवेश गर्न दिइनेछ भने नमाजका लागि कम्तिमा १५ हजार जनालाई प्रवेश दिइने जनाइएको छ । त्यसपछि तेश्रो चरणमा क्रमसः संख्या बढ्दै जाने जनाइएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय