भारतमा कोरोनाको तेस्रो लहर : तेलङ्गनामा मास्क नलगाउनेलाई जरिबाना

  
भारतमा कोरोनाको तेस्रो लहर : तेलङ्गनामा मास्क नलगाउनेलाई जरिबाना

भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ  ।

सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ ।

तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्‍याली तथा राजनीतिक सभा सम्मेलनमा समेत रोक लगाइएको छ । यस्तै, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिबाना तिराइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैगरी हरियाणा सरकारले पनि सिनेमा हल, खेल मैदान, स्वमिङ पुल लगायत सार्वजनिक स्थलमा जान रोक लगाएको छ । सरकारी र निजी कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी जान पाउने नियम बनेको छ । यो नियम आउँदो १२ तारिखसम्म लागू हुनेछ ।

यस्तै, पश्चिम बङ्गालमा पनि प्रतिबन्धात्मक नियमलाई कडा पारिने भएको छ । यस्तै, सङ्क्रमण  फैलिए पछि राष्ट्रपति भवन सङ्ग्रहालय बन्द गरिएको छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय