भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा

  
भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा

भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा गरिएको छ ।

वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ ।

बाढी/पहिरोले धेरैजसो सडक बन्द भएका छन् । काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूर्णरूपमा बन्द भएको छ । थप सङ्कटको सामना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रान्तहरूमा अत्यावश्यक सहयोग र सामग्री पठाइएको र वितरण भइरहेको मन्त्रालयका अधिकारी मुहम्मद अमिन मुबारिजले बताउनुभएको छ ।      

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय