भारतको छत्तिसगढ, झारखण्ड र ओडिशामा बाढी, हालसम्म १७ को मृत्यु

  
भारतको छत्तिसगढ, झारखण्ड र ओडिशामा बाढी, हालसम्म १७ को मृत्यु

एजेन्सी । भारतको छत्तिसगढ, झारखण्ड र ओडिशामा भएको तीब्र वर्षाका कारण ओडिशाका थुप्रै बस्तीमा बाढी पसेको छ ।

महानदीका साथै अन्य थुप्रै नदीको जलस्तर बढेको छ जसका कारण राज्यका २० जिल्ला प्रभावित भएका छन् । कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पूरी र भद्रक जिल्लाको स्थिती गम्भीर छ । राज्य सरकारका अनुसार बाढीका कारण हालसम्म १७ को मृत्यु भइसकेको छ । बालीनाली पनि नष्ट भएका छन् । बाढीले लाखौंलाई प्रभावित पारेको छ । केही स्थानमा मानिसहरुसँग पिउने पानी र खानका लागि अन्नपात केही छैन ।

ज्यान बचाउनका लागि परिवार घरको तटमा, नदीको बाँधमा वा राहत शिविरमा बसिरहेका छन् । ओडिशा सरकारका स्वतन्त्र राहत आयुक्त प्रदिप कुमार जेनाले आइतबार बेलुका पत्रकारलाई भने, ‘यो बाढीमा ३ हजार २ सय ५६ गाउँ प्रभावित भएका छन् । ३४० गाउँबाट यातायात सम्पर्क पूर्ण रुपमा टुटेको छ । १०७ सडकमाथि पानी बगिरहेको छ । साढे दुई लाख मानिस पानीले घेरिएका छन् ।’

राज्य सरकारको तर्फबाट राहत र उद्धारकार्य सुरु गरिएको छ । २ सय ५४ डुङ्गालाई यो काममा खटाइएको छ । यसबाहेक ४५ मोबाइल मेडिकल टिम, ४२ पशु चिकित्सा दल पनि बाढी प्रभावित इलाकामा काम गरिरहेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय