'अञ्जिला' को प्रदर्शन मिति घोषणा

  
'अञ्जिला' को प्रदर्शन मिति घोषणा

महिला राष्ट्रिय फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित फिल्म 'अञ्जिला' को प्रदर्शन मिति घोषणा गरिएको छ। आगामी वर्ष २०८१ को माघ ११ गते फिल्म रिलिज गर्ने तय भएको निर्देशक मिलन चाम्सले बताए।

फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका छ। उनीसँगै दयाहाङ राई, मिरूना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई,  सिद्धार्थ  सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानलगायत कलकारको पनि अभिनय छ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठको पनि प्रमुख भूमिका छ। 

एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइएको निर्देशक चाम्सले जानकारी दिए। निर्माता श्रेष्ठले एञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा फिल्ममा देखिने बताए। 

१४ वर्षदेखि एञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एञ्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए। एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई 'इन्स्पायर' गर्छ भन्ने लागेर फिल्म बनाएको बताए। एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा फिल्म खिचिएको छ।  

सुदीप बरालको डिओपी रहेको यस फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन्।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय