खाना खाएर सुतेका एकजना वृद्धको मृत्यु

  
खाना खाएर सुतेका एकजना वृद्धको मृत्यु

सल्यान । सल्यानमा खाना खाएर सुतेका एकजना वृद्धको मृत्यु भएको छ। बागचौर नगरपालिका–७, साना गाडाकोटका ६८ वर्षीय विक्रम डाँगीको मृयु भएको हो।

गाईको घ्यू खोज्न जाँदा रात परेपछि उनी सोही नगरपालिका वडा नम्बर-४ खाराका टीकाराम ओलीको घरमा बास बसेका थिए। टीकाराम मृतक विक्रमका मावली नाता पर्ने व्यक्ति हुन्। साँझ खाएर सुतेका विक्रम बिहान हेर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार विक्रम दमको समेत बिरामी थिए।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय