स्याङ्जामा पहिरोमा परी एकको मृत्यु, आठ जना पुरिए

  
स्याङ्जामा पहिरोमा परी एकको मृत्यु, आठ जना पुरिए

स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ भने आठ जना पुरिएका छन् । एक जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ।

वालिङ नगरपालिका वडा नम्बर-१४ मा माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । अरु ८ जनालाई पनि निकाल्ने प्रयास भइरहे पनि घरमाथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले बताए ।

यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका-४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । सुतिरहेको बेला आज बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय