सुनको भाउ घट्यो, तोलाको ९३ हजार एक सय

  
सुनको भाउ घट्यो, तोलाको ९३ हजार एक सय

काठमाण्डौ । सुनचाँदीको भाउ बिहिवार पनी घटेर कारोबार भएको छ ।

बिहिवार तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधवार पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको छ ।

बजारमा चाँदीको भाउ पनी घटेको छ । चाँदी बिहिवार तोलामा ७० रुपैयाँ घटेको हो। चाँदी तोलाको एक हजार १ सय २० रुपैयाँमा झरेर कारोबार भईरहेको हो।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय