टि-२० विश्वकपको ग्लोबल छनोट फेब्रुअरी र मे मा हुने

  
टि-२० विश्वकपको ग्लोबल छनोट फेब्रुअरी र मे मा हुने

एजेन्सी । टि-२० विश्वकपको ग्लोबल छनोट सन् २०२२ को फेब्रुअरी र मे मा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले ग्लोबल छनोट खेल दुई समूहमा गर्ने भएको छ । त्यसमा क्वालिफायर्स ‘ए’ २०२२ को फेब्रुअरीमा हुनेछ । तर कुन देशमा हुने भन्ने टुङ्गो लागेको छैन । यस्तै क्वालिफायर्स ‘बी’ २०२२ को मे महिनामा हुनेछ । नेपालले सोझै ग्लोबल छनोट खेल्नेछ ।

विश्वकपका लागि ट्वान्टी ट्वान्टी वरीयताका आधारमा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो । नेपालसँगै जिम्बावे, यूएई, सिंगापुरले पनि ग्लोबल छनोट खेल्नेछन् । प्रतियोगितामा रिजनल छनोटबाट आएका र सन् २०२१ को विश्वकपमा समूह चरणमा रहेको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय