अर्घाखाँचीको सुपादेउराली लगायत मठमन्दिर बुधवार देखि खुल्ने

  
अर्घाखाँचीको सुपादेउराली लगायत मठमन्दिर बुधवार देखि खुल्ने

अर्घाखाँची । लामो समयदेखी बन्द रहेका अर्घाखाँचीका सम्पुर्ण धार्मिक मठ मन्दिरहरु बुधवारदेखि खुल्ने भएका छन् ।

कोरोनाका कारण चैतदेखि बन्द भएका सुपा देउराली मन्दिर लगायतका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरु भोलि पुस १ गते देखि खुल्ला गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा (जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र) को आज बसेको बैठकले स्वास्थ्य मापदण्ड कायम गरी भोलि देखि धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताए ।

विस्तारै सबै क्षेत्र खोल्दै जाने प्रजिअ पौडेलले बताए । कोरोना संगै जनजिवन सामान्य बनाउँदै जानु पर्ने उनको भनाई छ । सामाजिक दुरी कायम गर्न र सचेतना अपनाउन उनले सबैमा आग्रह गरेका छन् ।  जिल्ला भित्र रहेका उद्योग, व्यवसाय सचेतना अपनाउँदै विस्तारै सञ्चालन गरिनु पर्ने उपस्थित वक्ताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका प्रनाउ रामकृष्ण महर्जन, सेनानी अशोक कुमार क्षेत्री, प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्वेदी, अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, विनोद खनाल, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुस्पा थापा, रेडक्रसका जिल्ला सभापति कुशल भुसाल, सनिधखर्क-७ का वडा अध्यक्ष प्रितम थापा, शितगंगा नगरपालिका-२ का वडा अध्यक्ष गोबद्र्धन थापा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

बैठक प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय