पाणिनिवाट माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN) द्वारा प्रमुख प्रशासकीय अधिकृत मार्फ़त सरकारलाई ज्ञापनपत्र

  
पाणिनिवाट माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN) द्वारा प्रमुख प्रशासकीय अधिकृत मार्फ़त सरकारलाई ज्ञापनपत्र

डिआरजी सुमन
दुर्गाफाँट अर्घाखाँची । आईतवार १९ भाद्र २०७९ । स्थानीय निकाय मार्फ़त एकसाथ ज्ञापन पत्र वुझाउने कार्यक्रम अन्तर्गत पाणिनिमा पनि माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN) द्वारा प्रमुख प्रशासकीय अधिकृत लाई ज्ञापन पत्र वुझाईएको छ । (HISTUN) केन्द्रिय सर्कुलर अनुसार साबिक उच्च माबिहरुमा कार्यरत शिक्षकहरुको पेशागत हक, हित तथा स्थायित्वको सन्दर्भमा आज ७५३ वटै पालिकामा ज्ञापनपत्र दिने क्रममा (HISTUN) पाणिनि गाँउ पालिका अध्यक्ष पोखरेल को नेतृत्वमा पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल र शिक्षा अधिकृत तेज वहादुर खनाललाई वुझाईएको छ ।

पाणिनि(HISTUN) प्रतिनिधिहरुवाट ज्ञापन पत्र वुझ्दै पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालले उक्त ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पत्रचार गर्ने वताउनु भएको छ । पाणिनि गाँउ पालिका (HISTUN) अध्यक्ष वाल कृष्ण पोखरेलको नेतृत्वमा पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत को कार्यकक्षमै पुगेर ज्ञापन पत्र वुझाईएको हो । शिक्षक नेत्र प्रसाद पौडेल, ओम प्रकाश अधिकारी,हरिलाल पोखरेल सहितको प्रतिनिधी टोलीले आफ्ना समस्या सुनाई ज्ञापन पत्र वुझाई फर्किएका छन । - तस्वीर डिआरजी सुमन/दुर्गाफाँट,अर्घाखाँची ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय