‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’मा प्रदीप भट्टराई निर्देशित ‘महाजात्रा’ सर्वोत्कृष्ट फिल्मको अवार्ड उचालेको छ । पुरस्कार अन्तर्गतको ‘हिरा’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार फिल्मले जितेको हो ।
त्यस्तै अभिनेता विपिन कार्कीले ‘शिव’ सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते । साथै, ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र ‘जारी’ले जित्दा ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवादको अवार्ड यही फिल्मबाट उपेन्द्र सुब्बाले प्राप्त गरे । ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार ‘जारी’बाटै मिरुना मगर र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले पाए । त्यसरी नै ‘विश्व’ सर्वोत्कृष्ट नव-अभिनेताको पुरस्कार ‘परदेशी २’बाट गायक एवं कलाकार प्रकाश सपुतले पाए ।
त्यस्तै, ‘चैत्य’ सर्वोत्कृष्ट नव-अभिनेत्री पुरस्कार ‘जारी’बाट प्रतीक्षा लिम्बूले जितिन् । ‘द रेड सुटकेस’ले भने ‘मह जुरी’ पुरस्कार जित्यो । अभिनेता नीर शाहलाई भने दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) बाट सम्मान गरियो ।