३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा

पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझण्डा देखाएका छन्। सो क्रममा प्रहरीले सहकारी पीडितहरुमाथि धरपकड गरेको छ।

पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री दाहाललाई पीडितहरुले कालोझण्डा देखाएका थिए। प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा आरोपितहरुको पक्षपोषण गरेको आरोप पीडितहरुको छ।

विशेष गरेर उपप्रधान तथा गहमन्त्री रवि लामिछानेको विषयमा प्रधानमन्त्रीले खुलेरै बचाउ गरेको उनीहरुको भनाइ छ। पीडितहरुले केही दिनदेखि पोखरामा प्रदर्शन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय