५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

फिल्म खेल्न अमेरिकाबाट आए राजवल्लभ कोइराला

अभिनेता राजबल्लभ कोइराला चलचित्र ‘एक्टर’का लागि अमेरिकाबाट नेपाल आइपुगेका छन् । नौ वर्षपछि सिने क्षेत्रमा कमब्याक गर्न लागेका कोइराला आइतबार बिहान काठ्माडाैं आइपुगेका हुन् ।

राजवल्लभको पछिल्लो चलचित्र ‘हे युवा’ हो जुन वर्ष २०१५ मा रिलिज भएको थियो । उक्त चलचित्र रिलिज भएपछि राजवल्लभले सिने क्षेत्रबाट विश्राम लिएका थिए । नौ वर्षपछि उनी पुन चलचित्र ‘एक्टर’बाट कमब्याक गर्दैछन् ।

राजबल्लभलाई प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीले स्वागत गरेका थिए । केही समय अगाडि शुभ मुहूर्त गरिएको चलचित्रको अहिले वर्कसप चलिरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय

SKIP THIS
SKIP THIS