२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

प्रकाश सपूतपछि ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल र बुद्धि तामाङ अनुबन्धित

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरु विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् । यस अघि चलचित्रका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित भएका थिए ।

त्यस्तै, चलचित्रमा कलाकार विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टीमले अनुबन्धित गराएको थियो । चलचित्रको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्धित भएकी छन् ।

चलचित्रमा कलाकारहरुको भूमिकाको बारे केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबै कलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । त्यस्तै, चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ ।

चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि उनी स्वयंले लेखेका हुन् । निर्देशक पौडेलका अनुसार यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ चलचित्र हो । यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ । चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय