आउँदो शुक्रवारदेखी दयाहाङको ‘कार्साङ’ हलमा

अभिनेता दयाहाङ राईको नयाँ फिल्म ६ महिनाको अन्तरालपछि हलमा लाग्दैछ। असारमा रिलिज ‘घरज्वाइँ’ पछि नयाँ फिल्ममा नदेखिएका उनी अभिनीत ‘कार्साङ’ शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो।

यो फिल्मको केही मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुलाइसकेका छन्। एफक्युब सिनेमाजले फिल्मलाई ५ शो दिएको छ।

क्युएफएक्स, आईएनआई, वान सिनेमाज, सीडीसी सिनेमाज लगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी छ। फिल्मले उत्साहजनक शो पाउने अपेक्षा निर्माण टिमको छ।

शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्म ‘कार्साङ’ लाई यम शेर्पाले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता छायांकारसमेत रहेका पुरूषोत्तम प्रधान हुन्।

२ घन्टा ५ मिनेटको ‘कार्साङ’ ले सांस्कृतिक पृष्ठभूमिमा पारिवारिक सम्बन्धको कथा बताउनेछ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय