३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

युट्युबमा ‘डिग्री माइला’ ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज

रामबाबु गुरूङ निर्देशित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ युट्युबमा रिलिज भएको छ।

दयाहाङ राई र आँचल शर्मा अभिनीत यो फिल्म हल रिलिजको १ वर्ष नपुग्दै युट्युबमा सार्वजनिक गरिएको हो। सोमबार बेलुका सार्वजनिक फिल्मलाई मंगलबारबार बेलुकासम्म १० लाखभन्दा बढीपटक हेरिएको छ। युट्युब रिलिजको २४ घण्टा नपुग्दै फिल्मले १ मिलियन भ्युज पार गरेको हो।

२०८० सालको चैत ३० गते हलमा रिलिज भएको थियो। फिल्ममा दयाहाङ र आँचलसहित विजय बराल, माओत्से गुरूङ, प्रकाश घिमिरे, बुद्धि तामाङ लगायतको अभिनय छ। फिल्मले शिक्षा प्रणाली र शैक्षिक बेरोजगारी समस्याको कथा भनेको छ।

फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्बुब च्यानलमा सार्वजनिक छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय