१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

स्ववियु निर्वाचन: रोल्पामा नेविसंघ विरुद्ध अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बिच गठबन्धन

सुर्य प्रसाद भुसाल । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रोल्पा जिल्लामा नेविसंघ विरुद्ध अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच तालमेल हुने भएको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनहरूले संयुक्त रुपमा चुनाव लड्ने सहमति गरेका छन्।

सहमतिअनुसार दुबै संगठनले रोल्पाका विभिन्न क्याम्पसहरूमा तालमेल गरी बामपन्थी विचारधारामा आधारित उम्मेदवारहरूको प्यानल बनाउने निर्णय गरेका छन्। नव नेपाल क्याम्पसमा अनेरास्ववियु अध्यक्ष र सह-सचिव सहित २ सदस्य उम्मेदवार दिनेछ भने अखिल (क्रान्तिकारी) उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ४ सदस्य उम्मेदवार दिनेछन्।

जलजला क्याम्पसमा पनि यस्तै तालमेल गरिएको छ, जहाँ अनेरास्ववियुले उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित सदस्य चयन गर्नेछ भने अखिल (क्रान्तिकारी) अध्यक्ष र सह-सचिव सहित सदस्य चयन गर्नेछ। त्यस्तै रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्य बाहेक सबै उम्मेदवार अखिल (क्रान्तिकारी) बाट रहनेछन् भने शहिद स्मृति क्याम्पसमा अखिल (क्रान्तिकारी) लाई सहयोग गर्ने निर्णय गरिएको छ। अनेरास्ववियु रोल्पाका अध्यक्ष सूर्य विक र अखिल (क्रान्तिकारी) का अध्यक्ष सनिदेवल बुढा मगरले संयुक्त रूपमा यस सहकार्यलाई सफल बनाउन विद्यार्थीहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

देशको राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) र नेपाली कांग्रेस सत्तामा रहेका छन् भने नेकपा (माओवादी केन्द्र) प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। तर, रोल्पामा भने राजनीतिक समीकरण फरक बनेको छ।

गठबन्धन भए पनि नेविसंघ आफू बलियो रहेको बताउँदै, यो तालमेल नेविसंघलाई रोक्न गरिएको रणनीति मात्र भएको नेविसंघ रोल्पाका अध्यक्ष अनुपम जिसीले दाबी गरे । उनले भने, “हामी गठबन्धनको सामना गर्न तयार छौं, विद्यार्थीहरू हाम्रो पक्षमा छन् र स्ववियु निर्वाचनमा बलियो उपस्थिति जनाउनेछौं।”

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय