यही व्यवस्थाभित्र आम नागरिकको हित हुनेगरी काम गर्नुपर्छ : गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही व्यवस्थाभित्र आम नागरिकको हित हुनेगरी काम गर्नुपर्ने बताएका छन्।

‘नेपालमा अब यो वा त्यो व्यवस्था होइन। हामीले लडेर ल्याएको यही व्यवस्थाभित्र आम नागिकको हित हुनेगरी काम कसरी गर्ने हो, यसबारे सोच्नुपर्छ,’ महामन्त्री थापाले भने।

नेपालीहरूमा दु:ख सहेर बाँच्न सक्ने, मिलेर काम गर्न सक्ने अभूतपूर्व क्षमता भएको उल्लेख गर्दै उनले सरकारले ती क्षमता बुझेर काम गर्नुपर्ने बताए। ‘त्यसलाई बुझेर अलिकति मात्रै बल पुर्‍याउने काम सरकारले गर्नुपर्छ,’ उनले भने।

उनले सरकारले चाहिने मात्रै काम गर्नुपर्ने बताए। ‘सरकारले चाहिने काम मात्रै गर्नुपर्छ। नचाहिने काम किन गर्नु ? गाउँको सरकार होस् वा सङ्घको सरकार होस्। कामचाहिँ चाहिने मात्रै गर्नुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय