राजावादीलाई सिटौलाको सुझाव : छटपटाएर आफ्नो काल आफैँ नखोज्नुस्

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राजावादीहरू अहिले छटपटाइरहेको टिप्पणी गरेका छन्। आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन्।

‘पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको छ,’ नेता सिटौलाले भने, ‘यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस्। आफ्नो काल आफैँ निम्त्याउन नखोज्नुहोस्।’ यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति खोज्न राजावादीलाई उनले सुझाव दिए।

सिटौलाले पूर्व राजा ज्ञानेन्द्रलाई पनि अरूको उक्साहटमा नलाग्न सुझाव दिए। उनले भने, ‘तपाईँ उक्साउनेहरूको पछि नलाग्नुहोस्, उक्साउनेहरूले तपाईँलाई खाडलमा लगेर फाल्ने छन्।’ म फेरि राजा बन्छु भन्ने कल्पना पनि नगर्न पूर्वराजालाई उनले सुझाव दिए।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय