३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

माओवादीले धोका दियाे, आन्दोलन जारी रहन्छ: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा र अध्यागमनको विषयमा माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए ।

सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनले बताए । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ ।

उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको उनको भनाइ छ ।

आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने परियारले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय