चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने

ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । यस चलचित्रबाट ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दै छन् ।

निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउन खोजिएको बताए । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा र बाबुल गिरीको सङ्गीत छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय